logo-image

बुधबार, १८ कात्तिक २०८३

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्दै

बिहिबार, १२ कात्तिक २०८३ · खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्दै

काठमाडौं, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज दिउँसो १२:३० बजे भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स साँझ ५ बजे आमनेसामने हुनेछन्।

पहिलो खेलमा पराजित जनकपुर र काठमाडौं पहिलो जितको खोजीमा हुनेछन्। जनकपुर कर्णालीसँग १९ रनले पराजित भएको थियो भने काठमाडौं लुम्बिनी लायन्ससँग हारेको थियो।

दोस्रो खेलमा कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। पहिलो खेलमा जनकपुरलाई हराएको कर्णालीले विराटनगरको सामना गर्नेछ। विराटनगर भने चितवन राइनोजसँग आठ रनले पराजित भएपछि पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

चारै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउन बिहीबारका खेल महत्त्वपूर्ण हुनेछन्।