बिहिबार, १९ कात्तिक २०८३
आइतबार, १५ कात्तिक २०८३ · खेलकुद
काठमाडौं, कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलमा जनकपुर बोल्ट्स दोस्रो जित निकाल्ने योजनामा हुनेछ। प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै पुनरागमन गरेको थियो। एक जित र एक हारसहित जनकपुर हाल अंकतालिकाको पाँचौँ स्थानमा छ।
अर्कोतर्फ, पोखरा एभेन्जर्स भने पहिलो जितको खोजीमा मैदान उत्रनेछ। प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा जितविहीन रहँदै अंकतालिकाको अन्तिम स्थानमा छ। आजको खेलमा जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखराका लागि प्रतियोगितामा पहिलो सफलता हासिल गर्ने अवसर हुनेछ। दुवै टोलीको लक्ष्य जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्नु हुनेछ।
यस्तो अवस्थामा आजको प्रतिस्पर्धा दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ। जनकपुर लगातार दोस्रो जित निकाल्ने दाउमा रहँदा पोखरा भने हारको शृङ्खला तोड्दै प्रतियोगितामा फर्कने प्रयासमा हुनेछ।