शुक्रबार, २० कात्तिक २०८३
बुधबार, २० साउन २०८३ · समसामयिक
काठमाडौं, साउन २० । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
२ मिनेट अगाडि
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
३ घण्टा अगाडि