logo-image

बिहिबार, १९ कात्तिक २०८३

यामाहाको चाडपर्व उपहार,  बुटवलकी सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज

बिहिबार, १९ कात्तिक २०८३ · समसामयिक

यामाहाको चाडपर्व उपहार,  बुटवलकी सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज


काठमाडौं, कात्तिक १९ । चाडपर्वको खुसीसँगै नयाँ स्कुटर र आकर्षक नगद पुरस्कार प्राप्त भएपछि बुटवलकी सरस्वती खनाल रायमाझीका लागि यस वर्षको चाडपर्व थप विशेष बनेको छ । यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उहाँले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जित्नुभएको छ ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा. लि. बाट यामाहाको रे जेडआर १२५ एफआई स्ट्रिट ¥याली हाइब्रिड स्कुटर खरिद गर्नुभएको थियो । सोही खरिदमार्फत उनी ग्रान्ड क्यासब्याक विजेता बन्न सफल भएका हुन । यस अभियानमार्फत यामाहाले ग्राहकलाई गुणस्तरीय राइडिङ अनुभवका साथै आकर्षक पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई थप विशेष र यादगार बनाउने प्रयास गरेको छ । 
ग्रान्ड प्राइज जितेपछि खुसी व्यक्त गर्दै सरस्वती खनाल रायमाझीले भनिन, “यामाहा रे जेडआर खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। तर, १० लाख ३ हजार रुपैयाँ जित्दा यो अनुभव झनै विशेष बनेको छ । यो सुन्दर सरप्राइजका लागि म यामाहाप्रति हृदयदेखि नै आभारी छु र निकै खुसी छु ।”
रायमाझीले ग्रान्ड प्राइज जितिसक्नुभए पनि यामाहाको चाडपर्व लक्षित अभियान भने अझै जारी रहेको कम्पनीले जनाएको छ । ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले यामाहाका स्कुटर तथा मोटरसाइकल खरिद गरी विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार अभियानमा सहभागी ग्राहकहरूमध्ये भाग्यशाली विजेताले १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन् । यस अवसरको लाभ लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको आधिकारिक यामाहा शोरुममा गई अभियानमा सहभागी हुन सक्नेछन् । नयाँ सवारीसाधन खरिदको खुसीसँगै नगद पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिरहेको यामाहाको यस अभियानले चाडपर्वको उत्साहलाई थप रोमाञ्चक बनाएको छ ।