शुक्रबार, २० कात्तिक २०८३
शुक्रबार, २० कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक २० । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा आज अन्तिम निर्णय हुँदैछ।
गत बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा सेवा अवधि, पदावधि र उमेरहद सुनिश्चित भइसकेको अवस्थामा सरकारले बिनाआधार, कारण र बिनाकसुर पूर्वाग्रही तथा स्वेच्छाचारी ढंगले आफूलाई पदबाट हटाइएको कार्कीले रिटमा जिकिर गरेका छन्।
सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र रोक लगाउन माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। सर्वोच्च अदालत प्रशासनले अध्ययनका लागि रोकेको उक्त रिट आज दर्ता हुने वा नहुने भन्ने विषयमा छिनोफानो हुँदैछ।
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
२ घण्टा अगाडि