logo-image

बिहिबार, १९ कात्तिक २०८३

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा

बुधबार, १८ कात्तिक २०८३ · राजनीति

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा

 


काठमाडौं, कात्तिक १८ । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। सो भेटका अवसरमा दुवै पक्षले नेपाल-भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन्। यसले दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भ्रमणका दौरान भारतीय विदेश सचिव मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। विदेश सचिव मिस्री भोलि नोभेम्बर ५ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।