बिहिबार, १९ कात्तिक २०८३
बिहिबार, १९ कात्तिक २०८३ · राजनीति
पछिल्लो समय प्रधानमन्त्री शाहका विभिन्न कदमविरुद्ध सभापति थापा खरो तथा आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्। विशेषगरी कात्तिक १५ गते थापाले बालेन सरकारविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनको निवास, कार्यालय र भेटघाटका स्थानहरूमा प्रहरी परिचालन गरी निगरानी तीव्र पारिएको थापाको सचिवालयले जनाएको छ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै कांग्रेस सरकारविरुद्ध थप आक्रामक बनेको छ। आईजीपी परिवर्तनलगत्तै बढाइएको यो सक्रियतालाई कांग्रेसले राजनीतिक प्रतिशोध र सम्भावित गिरफ्तारीको तयारीसँग जोडेर हेरेको छ।
यद्यपि, सभापति थापामाथि निगरानी बढाइएको वा पक्राउ गर्ने तयारी भइरहेको भन्ने विषयमा सरकार वा प्रहरी प्रशासनबाट भने हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
एक घण्टा अगाडि