logo-image

बिहिबार, १९ कात्तिक २०८३

गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाँदै, भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता हुने

सोमबार, १९ असोज २०८३ · राजनीति

गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाँदै, भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता हुने


काठमाडौं, असोज १९ ।  गृहमन्त्री सुधन गुरुङ आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत जाने भएका छन्। उनी आगामी असोज २६ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका छन्।

गृह मन्त्रालयका अनुसार मन्त्री गुरुङ भारतमा आयोजना हुने बिमस्टेक (BIMSTEC) सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्। उक्त बैठकमा नेपालका साथै बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका गृहमन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। गृहमन्त्री नियुक्त भएपछिको यो उहाँको पहिलो औपचारिक विदेश भ्रमण हो।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी पनि तीव्र पारिएको छ। प्राप्त विवरण अनुसार प्रधानमन्त्री शाह आगामी मङ्सीर पहिलो साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ। यद्यपि भ्रमणको अन्तिम तथा औपचारिक मिति घोषणा हुन बाँकी रहेको स्रोतहरूले जनाएका छन्।