शनिबार, २१ कात्तिक २०८३
आइतबार, २९ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २९ । गृहमन्त्री सुधन गुरूङको ८९ तोला सुन, ६ किलो चाँदी रहको देखिएको छ । साथै पैतृक सम्पत्ति नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको आइतबार साझ सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा विवरणमा उल्लेख छ ।
गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ छ। त्यस्तै होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर र लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखिएको छ । एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखिएको छ । साथै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन् ।