बिहिबार, १९ कात्तिक २०८३
बुधबार, २० फागुन २०८२ · राजनीति
काठमाडौं,फागुन २० । निर्वाचनको मौन अवधिमा सिरहा–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रहेका अशेश्वर यादव पक्राउ परेका छन्।
उनलाई मध्यरातमा प्रहरीले नगदसहित पक्राउ गरेको हो।जिल्ला प्रहरीका कार्यालय सिरहाका डिएसपी रमेश पालका अनुसार गएराति साढे १२ बजे जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ पर्नेमा यादवसहित विष्णुपुर गाउँपालिका–५ कै श्यामकुमार यादव, रामप्रवेश यादव, वीरेन्द्रकुमार यादवर चालक जितेन्द्रकुमार महतो छन्।