logo-image

बिहिबार, १९ कात्तिक २०८३

बालेनले भनेः भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनुस्

बुधबार, ०६ फागुन २०८२ · राजनीति

बालेनले भनेः भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ । 
बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता साहले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलार्य भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाई थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो । 
बालेन साहले गरिबको पक्षमा आफूहरुले काम गर्ने समेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल