logo-image

शनिबार, २३ जेठ २०८३

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

सोमबार, १६ चैत २०८२

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि डकारसम्मका मानिसहरूले शान्ति र युद्धको तत्काल अन्त्यको माग गर्दै र्‍याली निकालेका छन् । प्रदर्शनकारीहरूले युद्धले निम्त्याउने मानवीय र आर्थिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ग्रीसमा वामपन्थी दलहरू, विद्यार्थी संगठनहरू, श्रमिक युनियनहरू र गैरसरकारी संस्थाहरूद्वारा आयोजित प्रदर्शनमा हजारौं मानिसहरू सहभागी भए । एथेन्सको मुख्य र्‍याली संसद भवनबाट शुरु भई अमेरिकी दूतावास अगाडि पुगेर टुङ्गिएको थियो । विरोधको लहर अष्ट्रेलियासम्म पनि पुग्यो । जहाँ पश्चिमी सिड्नीमा सयौं मानिसहरूले इरानमा युद्ध रोक लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले यस युद्धले विश्वव्यापी आर्थिक र मानवीय क्षति पुर्‍याउने चेतावनी दिएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।