शनिबार, २३ जेठ २०८३
आइतबार, १५ चैत २०८२
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले क्षेत्रभर व्यापक विनाश र विश्वभर गम्भीर धक्का पुर्याएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य इरानी सहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए । जसमा सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर र सर्वसाधारणको मृत्यु भएको थियो । इरानले पनि यसको जवाफमा मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधारहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमणहरू गरेको छ । हर्मुजको जलडमरू मध्य क्षेत्रमा बढ्दो तनावले तेलको मूल्य आकासिएको छ । जसले ग्यासको मूल्य बढाएको छ र एयरलाइन्स तथा ढुवानी कम्पनीहरूको इन्धन लागतमा वृद्धि गरेको छ । विश्वका विभिन्न भागहरूमा, अमेरिकाका सहरहरू समेत, इरानमाथिको युद्ध अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शनहरू भएका छन् । इरानमा सर्वसाधारणसहित ठूलो संख्यामा हताहत भएको छ र धेरै बासिन्दाहरूको जीवनस्तर कष्टकर बन्दै गएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
गर्मीयाममा छाला कसरी जोगाउने? यस्ता छन् ५ अचुक उपाय
४ घण्टा अगाडि
४ घण्टा अगाडि