logo-image

शुक्रबार, २० कात्तिक २०८३

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम तीव्र, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै

बुधबार, ०७ असोज २०८३ · समसामयिक

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम तीव्र, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै

 

काभ्रे, असोज ७ । सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

हाल साँगादेखि महादेवखोलासम्म कालोपत्रे गर्ने काम भइरहेको छ। यस्तै, बनेपा बजार क्षेत्रमा पर्खाल, नाली तथा ढल निर्माणका साथै विभिन्न स्थानमा मिडियन निर्माण र सर्भिस लेनमा बेस निर्माणको काम पनि जारी छ।

आयोजनालाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यको आवश्यक सहजीकरण तथा नियमित निरीक्षण गरिरहेको भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।