शनिबार, २३ जेठ २०८३
शनिबार, २३ जेठ २०८३ · अर्थ
काठमाडौं, जेठ २३। सामाजिक सञ्जालमा नेपाली ब्रो को नामले चिनिएका कुमार थापाले आफ्नै श्रीमतिको हत्या गरेका छन् । ४२ वर्षीय कुमार थापा र उनकी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलबीच केही समयदेखि घरायसी विवाद चल्दै आएको थियो।
शुक्रबार राति १०:१० बजेको आसपासमा उनीहरूबीच पुनः सोही विषयलाई लिएर भनाभन सुरु भयो। सामान्य भनाभनले उग्र रूप लिँदै जाँदा आक्रोशमा आएका कुमारले घरमै रहेको फलामको रड उठाएर ईश्वरीमाथि अन्धाधुन्ध प्रहार गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।
रडको गम्भीर प्रहारबाट ईश्वरी रगताम्मे भई भुइँमा ढलेकी र टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेकी उनलाई उद्धार गरी तत्कालै उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिंग) पुर्याइएको थियो। तर, चोट निकै गम्भीर भइसकेकाले अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
घटना लगत्तै स्थानीयवासी र प्रहरीलाई खबर गरिएको थियो। श्रीमतीको हत्या गरी फरार हुन खोजेका कुमार थापालाई प्रहरीले तत्कालै घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको छ । कुमार थापालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ। पारिवारिक रिसराग र आवेगलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना निम्तीएको छ ।
गर्मीयाममा छाला कसरी जोगाउने? यस्ता छन् ५ अचुक उपाय
३ घण्टा अगाडि
३ घण्टा अगाडि