शनिबार, २३ जेठ २०८३
शुक्रबार, २२ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २२ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलकातर्फ जाने क्रममा बिहीबार उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा सांसद साम्पाङको हात र शरीरका केही भागमा सामान्य चोट लागेको छ। पार्टीका वरिष्ठ नेता सुदन किराँतीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राथमिक उपचारपछि उनी पूर्वनिर्धारित कार्यक्रममा समेत सहभागी भएका थिए। नेता किराँतीले सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदा झैँ सक्रिय रहेको जानकारी दिएका छन्।
भिडियो खिच्दै बाइक चलाउँदा दुर्घटना प्रारम्भिक रिपोर्ट र सार्वजनिक भिडियोका अनुसार दुर्घटना हुनुअघि सांसद साम्पाङले आफैँले मोबाइल फोनमा भिडियो (सेल्फी भिडियो) खिच्दै मोटरसाइकल चलाएको पाइएको छ। भिडियोमा उनले एक हातले मात्र मोटरसाइकलको ह्यान्डल समातेको र हेल्मेटको फितासमेत नलगाएको प्रष्ट देखिन्छ।
एक जिम्मेवार कानुन निर्माताले नै सडक सुरक्षा नियमहरूको धज्जी उडाउँदै भिडियो खिचेर मोटरसाइकल चलाएको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ। सर्वसाधारणले ट्राफिक नियम उल्लंघनको कसुरमा उनीमाथि कारबाहीको माग समेत गरेका छन्। यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट हालसम्म कुनै आधिकारिक कानुनी कारबाहीको जानकारी प्राप्त भएको छैन।
साम्पाङ आलोचना तीव्र भएपछि सांसद साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–
“म आफैँ लडेँ चोट मलाई नै लाग्यो ! अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले ! धेरै नकराउनु !”
गर्मीयाममा छाला कसरी जोगाउने? यस्ता छन् ५ अचुक उपाय
४ घण्टा अगाडि
४ घण्टा अगाडि