logo-image

शुक्रबार, २० कात्तिक २०८३

हुम्लामा बिहानै भूकम्पको धक्का महसुस

शुक्रबार, २० कात्तिक २०८३ · समसामयिक

हुम्लामा बिहानै भूकम्पको धक्का महसुस

 

हुम्ला, कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रविन्दु बनाई आज ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त कम्पन बिहान ७:१० बजे महसुस गरिएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ समय-समयमा भूकम्प र त्यसका पराकम्पहरू जाने क्रम जारी रहन्छ।