logo-image

बिहिबार, १९ कात्तिक २०८३

बैंकिङ क्षेत्रको खराब कर्जा व्यवस्थापनको लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

बैंकिङ क्षेत्रको खराब कर्जा व्यवस्थापनको  लागि  पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी

 

काठमाडौं, जेठ १५ । सरकारले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन ।

‘बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना गर्नै अर्थमन्त्री डा. वाग्लेले बताए ।