बिहिबार, १९ कात्तिक २०८३
सोमबार, ०२ चैत २०८२ · समसामयिक
बर्दिया, चैत्र २ । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना व्यक्तिहरू विगत १० दिनदेखि सम्पर्कविहीन भएका छन्।
गएको फागुन २३ गते सुर्खेतको बराहताल गाउँपालिका–१ का पाँच जना र लेकबेँसी नगरपालिका–८ का एक जना गरी ६ जनाको समूह निकुञ्ज क्षेत्रमा प्रवेश गरेको भए तापनि यो घटना सोमबार मात्रै सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेहरूमा रेशम समसेली, रबिलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली र दुर्गाबहादुर सिजाली रहेका छन्। स्थानीय आसे महतराले आफ्ना साला टोपबहादुर खत्रीको मृत्यु भएको हुन सक्ने आशंकासहित प्रहरीलाई खबर गरेपछि घटनाले नयाँ मोड लिएको छ।
प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार रानीघाटबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ र बर्दिया प्रहरीसँगको समन्वयमा खोजी कार्यलाई तीव्र पारिएको छ। उनीहरूको वास्तविक अवस्था अझै अज्ञात छ।